Intresting

यी चार राशी भएका युवतीमा हुन्छ पुरुषलाई आकर्षण शक्ति……

ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन् । १२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् । मिथुन राशी भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशी भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।वृष राशी भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशी भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् । मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

यो पनि हेर्नुहोस्ः एकसाथ जन्मिएका व्यक्तिहरु किन उस्तै हुँदैनन् ? कुनैपनि व्यक्तिको जीवन निर्धारणमा केवल उसको जन्म-समय मात्र होइन, बरु गर्भाधान समय र प्रारब्ध (पूर्व संचित कर्म)को भूमिका पनि महत्वपूर्ण छ ।यसप्रकार ज्योतिष तीन आयममा आधारित छ । यो तीन आयम हो, प्रारब्ध, गर्भाधान समय र जन्म समय । यसलाई तीन महत्वपूर्ण आयममा अर्थात जन्म-समय, गर्भाधान-समय र प्रारब्धको अखण्ड प्रभावले मान्छेको सम्पूर्ण जीवन सञ्चालित हुन्छ । कुनै व्यक्तिको जन्म-प्रमाणपत्रको निर्माणमा जुन सर्वाधिक महत्वपूर्ण तत्व हो, त्यो हो समय । जन्म-समयलाई लिएर पनि ज्योतिषाचार्यमा मतभेद छ । केही विद्वान शिशु रोएको अवस्थालाई जन्मको सही समय मान्छन्, कतिले भने नाल-विच्छेदनलाई सही मान्छन् ।

खैर, यहाँ हाम्रो मुद्दा जन्म समय होइन । कुनैपनि व्यक्तिको जन्म-प्रमाणपत्रका लागि उसको जन्मको सही ज्ञात हुन अति आवश्यक छ । अब जन्म-समय त ज्ञात हुन्छ, तर गर्भाधानको समय ज्ञात हुन सक्दैन । यसैले हाम्रो शास्त्रमा ‘गर्भाधान संस्कार’ द्वारा धेरै सीमासम्म त्यस समयको ज्ञात गर्ने व्यवस्था गरिएको छ ।अहिले वैज्ञानिक अनुसन्धानबाटै प्रष्ट भइसकेको छ कि आमाबुवाको पूर्ण प्रभाव बच्चामा पर्छ । खासगरी आमामा । किनभने बच्चाले आमाको पेटमा ९ महिनासम्म आश्रय लिन्छन् । अहिले सोनोग्राफी र डीएनए जस्तो प्रविधिबाट यस कुराको प्रमाणित हुन्छ । अतः जुन समय एक दम्पतीले गर्भाधान गरिरहेका हुन्छन्, त्यस समय ब्रम्हान्डमा नक्षत्रको व्यवस्था र ग्रह स्थितीले हुनेवाला बच्चामा पूर्ण प्रभाव पार्छ । यस महत्वपूर्ण तथ्यलाई ध्यानमा राखेर हाम्रो शास्त्रमा गर्भाधानको मुहूर्तको व्यवस्था छ ।

गर्भाधानको दिन, समय, तिथि, वार, नक्षत्र, चन्द्र-स्थिती, दम्पतीको कुण्डलीको ग्रह-गोचर आदि सबै कुराको गहन परीक्षबाट गर्भाधानको मुहूर्त निकालिन्छ । अब यदि कुनै जन्मने वाला व्यक्तिको जन्म यस समान त्रि-आयामी व्यवस्थामा हुन्छ (जो असंभव छ), तब ति सबैको जीवन दुरुस्त एकै हुन्छ । यसमा कनिपति सन्देह छैन ।ध्यान दिनुपर्ने कुरा के भने हामी यस तीन आयाममा केवल एक आयाम अर्थात जन्म-समय ज्ञात हुन्छ, तर तेस्रो आयाम अर्थात प्रारब्ध न हामीलाई ज्ञात हुन्छ न त सामान्यतः त्यसलाई थाहा पाउन नै सकिन्छ । यसैले यस विश्वमा एकै समयमा जन्म लिने व्यक्तिहरुको जीवन पनि आपसमा भिन्न भिन्नै हुन्छ ।ज्योतिष मान्छेको भविष्यको ज्ञात हुने पद्धतीको नाम हो । यो पद्धती भिन्न हुनसक्छ । एवं यो देश, काल र परिस्थिती अनुसार समय-समयमा अपडेट गर्नुपर्ने आवश्यक पनि हुन्छ । एक सिद्धयोगीले पनि कुनै व्यक्तिको विषयमा त्यती सटिक भविष्यवाणी गर्न सक्छ, जति कि एक जन्मकुण्डली हेर्ने ज्योतिषी वा हस्तरेखा विशेषज्ञले गर्न सक्छ ।

Related Articles

Back to top button
Close