vada
News

तिज गीतको तयारीमा गायक प्रकाश सपुत …..

असार – ५ , गलबन्दी च्यातियो तिम्ले तानेर , बोल माया जस्ता गितहरु बाट एकाएक चर्चामा आउन सफल गायक तथा सर्जक प्रकास सपुत निरन्तर गित संगीतमा उदाइरहेका छन्। फरक फरक बिषयको शब्दलाई गीतमा उतारेर सबै दर्शकहरुलाई मनोरंजन दिदै आयका छन्। यसपाली तीजमा पनि फरक खालको गित बजारमा ल्याउने तयारीमा छन् गायक प्रकाश सपुत।

गायक प्रकाश सपुतको स्ट्याटस :

आफैले निर्माण गरेका कतिपय पात्र र घटनाले आफैलाई बिथोल्छन । “ बोल माया “ गितको तयारीको समयमा पनि त्यो विषय ,पात्र र घटनालाई लिएर म एकदमै छटपटिएको थिए । प्रस्तुतीकरण सधै राम्रो हुन्छ भन्ने त छैन । तर अहिले जुन विषयमा होमवर्क गर्दैछु यसले पनि मलाई नराम्रो संग बिथोलेको छ ।

छटपटि छुटाएको छ । हुन त यो मैले अघिल्लो वर्ष नै रोजेको विषयवस्तु हो । एकलाईन कथा र गित बनाईसकेको थिए । यसपाली चाई फाईनल स्क्रिप्टमा घोत्लिएको छु । र सबै कुरा अनुकुल भएमा हरितालिका तिजकै सन्दर्भमा एउटा विषय लिएर आउदैछौ । तपाईहरुको शुभेच्छा ले यसलाई सोचे जत्तिकै बनाउन सकियोस ।

Related Articles

Back to top button