vada
News

भारतमा मंगलबार कोरोनाबाट १२७ संक्रमितको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १२७ संक्रमितको ज्यान गएको छ ।

यो सँगै भारतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ६९३ पुगेको छ ।

यस्तै मंगलबार भारतमा २ हजार ९६३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ ।

संक्रमितमध्ये १४ हजार १४२ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

भारतमा हालसम्म ११ लाख ९१ हजार ९४६ जनामा कोरोना परीक्षण गरिएको छ ।

Related Articles

Back to top button