International

अमेरिकामा कोरोनाकाे उचारचढाव : फेरि दैनिक मृत्यु संख्या २३ सय माथि, ७२ हजारले गुमाए ज्यान

काठमाडौँ, २४ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म ७२ हजार २७० को ज्यान गइसकेको छ । मंगलबार मात्र त्यहाँ २ हजार ३४९ काे ज्यान गयाे । यद्यपि साेमबार र आइतबार भने याे संख्या घटेर निकै तल आएकाे थियाे । साेमबार त्यहाँ काेराेनाका कारणा १ हजार ३२४ को ज्यान गयो । आइतबार पनि अमेरिकामा १ हजार १५३ को मृत्यु भएकाे थियाे । तर फेरि मंगलबार दैनिक मृत्युसंख्या दाेब्बरले बढेकाे देखिएकाे छ ।


यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख ३७ हजार ६२७ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । मंगलबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७९२ नयाँ संक्रमित फेला परेका छन् । साेमबार पनि त्यहाँ २४ हजार ७१३ नयाँ संक्रिमत फेला परेका थिए ।

यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए । तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्यामा उतारचढाव आइरहेको छ । आइतबार त्यहाँ २७ हजार ३४८ नयाँ संक्रमित थपिएका थिए ।

अमेरिकामा हालसम्म कुल संक्रमितमध्ये २ लाख भन्दा बढी मानिस भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ६४ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा (मंगलबार) कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६० मा झरेकाे छ । साेमबार भने त्यहाँ एकै दिनमा २९६ जनाकाे मृत्यु भएकाे थियाे ।

न्यूयाेर्कमा मंगलबार २ हजार ७६५ मात्र नयाँ बिरामी फेला परेका छन् । जबकि साेमबार ३ हजार ४९१ नयाँ बिरामी फेला परेका थिए । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमित संख्या ३ लाख ३० हजार १३९ पुगेकाे छ । हालसम्म त्यहाँ २५ हजार २०४ जनाले ज्यान गुमाइसकेका छन् ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २९२ पुगेको छ । त्यहाँ एकैदिनमा मंगलबार ३४१ को मृत्यु भयो भने २ हजार ३६० नयाँ संक्रमित थपिए । याे साेमबारकाे तुलनामा निकै बढी हाे । साेमबार त्यहाँ जम्मा ६५ जनाको मृत्यु भएकाे थियो भने १ हजार ९०७ नयाँ संक्रमित थपिएका थिए ।

सबैभन्दा बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-

Related Articles

Back to top button
Close