vada
News

चोर नाका हुदै नेपाल छिरेका १ सय ५५ जना नियन्त्रणमा

कपिलवस्तु । कोरोना भाइरसका कारण सीमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।सोमबार रातिदेखि मंगलबार साँझसम्म चोर नाका हुदै नेपाल छिरिरहेका बेला उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।अहिले उनीहरु दशगजा क्षेत्रमा अलपत्र अवस्थामा छन । भारतले सोमबारदेखि लकडाउन दुई साता बढाएपछि नेपाल प्रवेश गर्नेको ओइरो नै लागेको हो ।नियन्त्रणमा लिइएकाहरु कपिलवस्तु र छिमेकी जिल्लाका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले अबैध तवरबाट नेपाल छिर्न खोज्नेहरुलाई जिल्लाको पाँच स्थानमा रहेको दशगजामा राखिएको जानकारी दिनुभयो ।नाकाबाट अबैध प्रबेश रोक्न सीमामा एक हजार चार सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलवार साँझ ४ बजे सम्म मयौदपुरमा ५६ चाकरचौडामा ४७ हदौनानमा १२, भिल्मीमा १४, कृष्णनगरमा २६ जना नियन्त्रणमा लिइएको पुरीले बताउनुभयो ।‘चोर नाकाबाट नेपाल प्रबेश गर्न खाज्नेलाई धमाधम नियन्त्रणमा लिई पाँच स्थानमा राखेका हौ’ उहाँले भन्नुभयो । पुरी अनुसार नियन्त्रणमा लिने संख्या अझै बढदै जाने छन ।

भारतमा गाडीहरु चल्न दिइए पछि रोजागरीका लागि भारतका बिभिन्न स्थानमा रहेको नेपालीहरु फर्कनेहरु बढेका छन । लकडाउनले भारतका बिभिन्न स्थानमा रोकिएकाहरु अहिले धमाधम फर्कन थालेका हुन ।फर्कनेहरु बढे्संगै जिल्लामा कोरानाको जोखिम समेत बढेका छन । यस्तै नियन्त्रणमा लिइएकाहरुको ब्यवस्थापनमा समेत गाह्रो परेका छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले नियन्त्रणमा लिईएकाहरुलाई भारत तर्फ नै क्वारेन्टाइनमा राख्ने गरी पहल भइरहेको बताउनुभयो ।सशस्त्र प्रहरीले नाकामा निगरानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रनेक्रम रोकिएको छैन ।

उहाँले भारतको सिद्धार्थनगरका डीएम र एसएसबीसंग नियन्त्रणमा लिईएकाहरुलाई त्यहीको क्वारेन्टाईनमा राख्ने बारेमा समन्वय भइरहेको जानकारी पनि दिनुभयो ।अहिले चोरनाका हुदै भारतमा रोजगारीका लागि गएकाहरु अहिले फकर्ने गरेका छन ।भारतमा लकडाउनको स्वरुप बदलेपछि भारतका बिभिन्न शहरमा रोकिएका नेपाली मजदुरहरु अहिले चोर नाका हुदै कपिलवस्तु छिर्ने गरेका छन ।उनीहरु क्वारेन्टाइनमा नबस्दा कपिलवस्तु समेत कोरोनाको उच्च जोखिममा परेको छ । भारतको उत्तर प्रदेश लगायत बिभिन्न शहरहरुमा कोरानाको संक्रमतिको संख्या बढीरहेको छ ।

जिल्लामा १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाइन बेडमा एक हजार ३७८ जना रहेकाेमा ९ सय ७५ जना डिस्चार्ज भई हाल ४ सय ३ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो ।१ हजार ६५ जनाको द्रूत परीक्षण आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । मंगलवार महराजगञ्ज नगरपालिकाको क्वारेन्टाइनमा रहेको ५४ जनाको स्वाब संकलन गरी पीसीआर टेष्टका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगलते बताउनुभयो ।जिल्लामा १० पालिकालले मंगलवारसम्म २५ हजार १ सय ६१ जनालाई राहत बितरण गरिएको छ ।

Related Articles

Back to top button
Close