vada
News

बनारसमा नेपालीको कपाल खौरिएको भिडियो ‘फेक’, पैसा लिएर बनाएको खुलासा

काठमाडौं। भारतको बनारसमा प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिलाई लिएर नेपाली युवकमाथि दुव्र्यवहार गरिएको भनिएको भिडियो झुटो रहेको पाइएको छ।

सामाजिक सञ्जालमा निकै भाइरल भएको उक्त भिडियोलाई लिएर भारतीय प्रहरीले अनुसन्धान गरेको थियो।

हिन्दु सेनाले गराएको भनिएको घटनामा पीडितका रूपमा चित्रित ‘नेपाली युवक’ वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले जनाएको छ।

ती युवक भारतीय नागरिक धर्मेन्द्र सिंह हुन। उनले १ हजार ५ सय रुपैंया लिएर सहमतिमा उक्त कुरा बोलेका थिए।

उक्त भिडियोमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटनाका मुख्य आरोपित तथा हिन्दु सेनाका अध्यक्ष अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।

हालै प्रधानमन्त्री ओलीले भगवान राम नेपालमा जन्मिएको र उनको जन्म स्थान नेपालको ठोरी नजिकै भएको बताएका थिए।

ओलीको अभिव्यक्तिलाई लिएर भारतमा बस्ने नेपालीहरुलाई निशाना बनाउने पाठकले चेतावनी दिएका थिए।दैनिक अनलाइन

Related Articles

Back to top button